नियम १४
पदपूर्ति प्रतिशतको आधारमा पद संख्या निर्धारण गर्ने
नियम १३ बमोजिम कर्मचारी
माग सम्बन्धी विवरण प्राप्त भएपछि लोक सेवा आयोगले रिक्त पदहरूमध्ये ऐनको दफा
८ बमोजिम खुल्ला प्रतियोगिता वा कार्यक्षमताको मूल्याङ्कन तथा आन्तरिक
प्रतियोगितात्मक परीक्षाद्वारा बढुवाद्वारा पूर्ति हुने प्रतिशतको आधारमा पद संख्या निर्धारण
गर्नेछ ।